काँग्रेस महाधिवेशन : प्रतिनिधिमा पराजित भएकाहरु कार्यसमितिमा उम्मेदवार हुन पाउने

काँग्रेस महाधिवेशन : प्रतिनिधिमा पराजित भएकाहरु कार्यसमितिमा उम्मेदवार हुन पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएका व्यक्ति जिल्ला कार्यसमितिको सभापतिबाहेक अन्य पदमा उम्मेदवार हुन पाउने भएका छन् ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले सोमबार ७७ वटै जिल्लाका निर्वाचन अधिकृतलाई पत्राचार गर्दै महाधिवेशन प्रतिनिधिमा पराजित व्यक्ति जिल्ला कार्यसमितिको सभापतिबाहेकका पदमा उम्मेदवार हुन पाउने जानकारी दिएका हुन् ।

तर, यो नियम दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा मात्रै लागू हुने पत्रमा उल्लेख छ ।पार्टीको विधानमा स्पष्ट व्यवस्था नभएको गुनासो जिल्लाबाट आएपछि निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिमा पराजित भए पनि जिल्ला सभापतिबाहेक अन्य पदमा उम्मेदवारी दिन पाउने गरी सर्कुलर जारी गरेको हो ।

कांग्रेसको जिल्ला सभापतिमा उम्मेदवारी दिन भने महाधिवेशन प्रतिनिधिमा अनिवार्य निर्वाचित भएको हुनुपर्छ । तर, महाधिवेशन प्रतिनिधिमा पराजित भएमा सभापतिबाहेक उपसभापति, सचिवसहित कार्यसमितिको सदस्यमा उम्मेदवार हुन पाइनेछ ।