काठमाण्डुमा डेंगुका बिरामीको सङ्ख्यामा वृद्धि 

काठमाण्डुमा डेंगुका बिरामीको सङ्ख्यामा वृद्धि 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु जिल्लामा डेंगुका बिरामीको संख्यामा वृद्धि भएको छ ।

निरन्तरको वर्षासँगै डेंगुको बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेपछि काठमाण्डु महानगरपालिका सहरी स्वास्थ्य महाशाखाले चेतनामूलक कार्यक्रम गर्न थालेको छ ।

काठमाण्डु महानगरपालिका वडा नम्बर-२९ मा मात्र १० जनालाई डेंगुको संक्रमण देखिएको वडाध्यक्ष कुश ढकालले जानकारी दिए । कालिकास्थान, घट्टेकुलोलगायत क्षेत्रमा डेंगुको जोखिम देखिएको उनले बताए ।