बुटवल- लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत बुधवार बजेट ल्याउने तयारी गरेको छ ।
लुम्बिनी प्रदेशसभाको बुधवार बस्ने बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्ण ध्वज खड्काले बजेट पेस गर्ने भएका हुन् ।
शङ्कर पोखरेल नेतृत्वको सरकारले चालु आर्थिक वर्ष २०७८/७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएकोमा प्रतिपक्षी दलहरूको असहयोगका कारण बजेट पारित हुन नसकेपछि तत्कालीन सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो ।
अध्यादेशबाट ल्याइएको बजेटलाई संशोधन गरेर केही नयाँ कार्यक्रम थप गरी बजेट ल्याउन लागिएको जनाइएको छ ।




प्रतिक्रिया