मन्त्रालयको भागबण्डा टुंगियो, कसले कुन मन्त्रालय पाउँदै ? (सूचीसहित)

मन्त्रालयको भागबण्डा टुंगियो, कसले कुन मन्त्रालय पाउँदै ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्ड – सरकारलाई पूर्णता दिन सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागबण्डा टुंगिएको छ । आज बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालयको बाँडफाँड टुंगो लगाएको प्रधानमन्त्रीका स्वकिय सचिव भानु देउवाले जानकारी दिए ।

सहमतिअनुसार कांग्रेसले ६ वटा मन्त्रालयको नेतृत्व गर्नेछ भने माओवादी, नेकपा एस र जनता समाजवादीले ५ मन्त्री र एक राज्यमन्त्री पाउनेछन् । अहिले कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाण, परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का र कानूनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की छन् । कांग्रेसबाट उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा छन् । स्रोतका अनुसार अब कांग्रेसले सञ्चार र महिला बालबालिका मन्त्रालय लिनेछ ।

नेकपा माओवादी केन्द्रबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भूसालले जिम्मेवारी पाइसकेका छन् । माओवादीले अब कृषि, खानेपानी र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पाउँनेछ । त्यस्तै सहमतिअनुसार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले रक्षासहित ५ मन्त्रालय पाउने भएको छ ।

समाजवादीले रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको स्रोतले बतायो ।

जसपाले भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, श्रम तथा रोजगार, वन तथा वातावरण र शिक्षा मन्त्रालय पाउँनेछ । त्यसो हुँदा वर्तमान स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई मन्त्रीमा बढुवा गर्नुपर्ने वा जिम्मेवारी मुक्त गर्नुपर्ने अवस्था आउँछ ।