काठमाण्डु – बुद्ध एयरको विमान सुर्खेत विमानस्थलमा ल्याण्ड हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको छ ।
काठमाण्डुबाट सुर्खेतका लागि उडेको विमान सुर्खेतमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको विमानस्थलका वरिष्ठ अधिकृत धुव पाण्डेले जानकारी दिए ।
उनका अनुसार बुधबार विहान सवा ९ बजेतिर सुर्खेत पुगेको विमान ल्याण्ड हुने क्षेत्रतर्फ मौसम नखुल्दा सुर्खेतको आकाशमा तीन फन्को लगाएर नेपालगञ्ज विमानस्थल फर्काइएको छ ।




प्रतिक्रिया