काठमाण्डु – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । नेता सिंह र विप्लवबीच सिंहको निवास चाक्सीबारीमा बुधबार भेटवार्ता भएको हो ।
उनीहरुबीचको भेटमा पछिल्लो राजनीतिक अवस्थालगायत समसामयिक विषयमा छलफल भएको सिंहको सचिवालयले जनाएको छ ।सरकारसँग तीनबुँदे सहमति गरेर मुलधारको राजनीतिमा आएका विप्लवले पछिल्लो समय विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्दै आइरहेका छन् ।
उनले सोमबार मात्रै तीन बुँदे सहमति कार्यान्वयन नभए देशमा जटिल परिस्थिती सिर्जना हुने भन्दै चेतावनीसहितको पत्र सरकारलाई पठाएका थिए । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारसँग गत फागुन २१ गते तीन बुदेँ सहमति भएको थियो । तर सहमतिको ६ महिना बितिसक्दा समेत सहमति कार्यान्वयनमा कुनै प्रगति हुन नसकेको महासचिव विप्लवको भनाई छ ।




प्रतिक्रिया