काठमाण्डु – दूरसञ्चार क्षेत्रको सेवालाई थप गूणस्तरीय बनाउनुपर्नेमा सहभागिहरुले जोड दिएका छन् । आज काठमाण्डुमा भएको अन्तरक्रियामा सहभागिहरुले बजारको प्रतिस्पर्धा नभई सेवामा प्रतिस्पर्धा गर्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले दुरसञ्चार क्षेत्रमा लाग्दै आएको कर न्युनिकरण गर्नुपर्ने बताए । साथै उनले सेवाप्रदायक संस्थाहरुले पनि उपभोक्तालाई सहज रुपमा सेवा प्रदान गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मिन प्रसाद अर्यालले ७७ वटै जिल्लालाई जोड्नेगरी सूचना महामार्ग निर्माण भइरहनेको जानकारी दिए ।
उनले ग्रामिण भेगमा समेत इन्टरनेटको पहुँच पुर्याउन सेवा विस्तार भइरहेको बताए । ईन्टरनेट सेवा प्रदायकहरुलाई ग्रामिण क्षेत्रमा समेत सेवा विस्तार गर्ने योजना बनाउन आग्रह गरेको उनको भनाई छ । कार्यक्रमका सहभागिहरुले सरकारी स्वामित्वको सेवाप्रदायकहरुले गुनासो सम्बोधनमा ध्यान नदिएको बताए । सहभागिहरुले शहरी क्षेत्रमा पनि इन्टरनेट सेवा प्रदायकहरुले खरिदगरेको भन्दा कम स्पिड उपलब्ध गराउने गरेको बताए ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उपभोक्ताले दुरसञ्चार सेवा प्रदायकका कारण भोग्नुपरेको क्षेतिको पूर्ति हुनेगरी कानूनमै कडा व्यवस्था राख्नुपर्ने उल्लेख गरे । कतिपय इन्टरनेट सेवा प्रदायकले खरिद गरेको भन्दा कम इन्टरनेट उपलब्ध गराउने गरेको भन्दै त्यस्ता सेवा प्रदायकहरुलाई कारवाही गर्नुपर्नेमा जोड दिए ।
प्रतिनिधि सभासदस्य तथा नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले उपभोक्ताहरुले दुरसञ्चार क्षेत्रमा भोग्नुपरेका समस्याका बिषयमा संसदमै आवाज उठाउने प्रतिवद्धता जनाए । उनले यससम्बन्धमा संसदिय समितिमा समेत छलफल गरेर आवश्यक निति निर्माण गर्न भुमिकाखेल्ने आश्वासन दिए ।




प्रतिक्रिया