काठमाण्डु – बुधबार शेयर बजार मापक नेप्से परिसूचक बढेको छ । लगातार ओरालो लागेको बजार हिजो र आज भने बढेको हो । नेप्से आज ६८ दशमलव ४७ अंकले बढेर दुई हजार ६ सय ८१ दशमलव १० विन्दुमा पुगेको छ ।
हिजो नेप्से ४१ अंकले बढेको थियो । आज सबै समूहको शेयर उकालो लागेको छ । विकास बैँक, फाइनान्स, जलविद्युत्, उत्पादन र माइक्रो फाइनान्स समूहको शेयर उच्च अंकले बढेको छ ।
दुई सय २७ वटा कम्पनीको शेयर कारोबार भएकोमा १३ वटा बाहेक सबै कम्पनीको शेयर बढेको छ । आज १३ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज ८१ लाख ८९ हजार कित्ता शेयर चार अर्ब ५० करोड रुपैयाँमा कारोबार भएका छन् ।




प्रतिक्रिया