काठमाण्डु – नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठक बिहान ११ का लागि बोलाइएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
आजको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको बारेमा टुंगो लगाउने उनले बताए । एकीकृत समाजवादीले चारवटा मन्त्रालय र एक राज्यमन्त्री पाउने गठबन्धन दलमा सहमति भइसकेको छ ।
तर दलहरुले अझै कुन कुन मन्त्रालय कसले लिने भन्ने टुंग्याउन सकेका छैनन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।




प्रतिक्रिया