काठमाण्डु – मन्त्रिमण्डलले पूर्णता पाउने प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन् । आज साँझसम्म मन्त्रालयको भागबण्डा टुंग्याएर मन्त्रिपरिषदलाई पूर्णता दिने देउवाको तयारी छ । अहिले दलहरु आन्तरिक छलफमा रहेका छन् ।
छलफलपछि मन्त्रीको नाम आजै प्रधानमन्त्री देउवालाई दिने बताइएको छ । आज दिउँसो गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने गरी दलहरुबिच सहमति भएको छ । कांग्रेसले टंग्याउन सकेन अहिलेसम्म कांग्रेसले नै सरकारमा सहभागि हुने मन्त्रीको नाम टुङ्गो लगाउन सकेको छैन् ।
पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई दुइटा मात्र मन्त्री दिने भएपछि कांग्रेसभित्र असन्तुष्टि देखिएको छ । पौडेल समूहले ३ मन्त्रीको माग गर्दै आएको छ । कांग्रेसले गृह, रक्षा, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय पाएको छ ।
कानुन–न्याय तथा संसदीय मामिला मन्त्रालय एकीकृत समाजवादीको भागमा परेपछि हाल उक्त मन्त्रालयको नेतृत्व गरिरहेका कार्कीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लाने मनस्थितिमा प्रधानमन्त्री देउवा रहेको बताइएको छ ।
कांग्रेसले प्रधानमन्त्रीबाहेक ७ मन्त्री र एक राज्यमन्त्री पाएको छ । त्यसमध्ये गृहमा बालकृष्ण खाँण, परराष्ट्रमा नारायण खड्का, कानुन–न्याय तथा संसदीय मामिलामा ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य तथा जनसंख्यामा उमेश श्रेष्ठ (राज्यमन्त्री) नियुक्त भइसकेका छन् । चारै जना देउवा समूहका हुन् ।
प्रधानमन्त्री देउवाले बाँकी ४ मध्ये पौडेल समूहलाई दुई दिएर आफ्नो समूह र कृष्णप्रसाद सिटौला समूहलाई एक–एक वटा छुट्याएका छन् । सिटौला समूहले उमाकान्त चौधरीलाई पठाउने भएको छ । देउवाले आफ्नो समूहबाट पुष्पा भुसाललाई पठाउन खोजेका छन् ।
नेकपा एसको बैठक बस्दै माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले मन्त्रालयको भागबण्डामा असन्तुष्टि जनाएको छ । हाल ४ मन्त्रालय पाएको नेकपा एसले ५ मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । असन्तुष्ट भएपनि सरकारमा जाने तयारी गरेको छ ।
नेकपा एसका नेता मेटमणी चौधरीले भने, ‘हाम्रो असन्तृष्टि त छदै छ तर पनि हाम्रो संघर्ष मन्त्रीका लागी होइन हामी विधिको शाशन स्थापित गर्न संघर्ष गरेका हौं । त्यो मूल्याङ्कन हुनुपर्ने थियो त्यो भएन तर केही छैन हामी सरकारलाई सहि दिशामा लानेगरी काम गर्छौं ।’
समाजवादीले पाएको मन्त्रालयमध्ये कानुनमा विरोध खतिवडा, पर्यटनमा मेटमणी चौधरी, श्रममा रामकुमारी झाँक्री, सहरी विकासमा भवानी खापुङ र किशान श्रेष्ठलाई राज्यमन्त्रीमा पठाउने तयारी गरेको छ । आज बिहान ११ बजे पार्टीको स्थायी कमिटी बैसेर अन्तिमरुप दिने प्रवक्ता जग्गनाथ खतिवडाले जानकारी दिए । माओवादी टुंगो लगायो माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने भएका छन् ।
यस्तै राज्यमन्त्रीका लागि मोधमाया यादवको नाम टुंगो लागेको छ । माओवादीबाट यसअघि नै जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्रीको रुपमा सरकारमा सहभागी छन् । जसपामा आकांक्षी धेरै गठबन्धनमा रहेको अर्को दल जसपामा आकांक्षी धेरै भएकाले मन्त्रीको नाम टुंग्याउन समस्या भएको छ । भागबन्डामा जसपाले चार मन्त्रालय पाएको छ ।
कार्यकारिणी समितिको बैठकले मन्त्रीको नाम टुंग्याउने जिम्मा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको थियो । राई काठमाण्डुबाहिर भएका कारण बुधबार नाम टुंगो लाग्न नसकेको नेताहरूले बताएका छन् । शीर्ष नेताहरुको आजको बैठकले नाम टुङ्गो लगाउने बताइएको छ ।
जसपामा राजेन्द्र श्रेष्ठ, महेन्द्र यादव, रेणु यादव, प्रदीप यादव, अमृता अग्रहरी, मृगेन्द्र यादव, मोहम्मद इस्तियाक राई, रामसहाय यादवलगायत नेता मन्त्रीका आकांक्षी छन् । सरकार गठनको ८७ दिनपछि आज घटस्थापनाको साइतमा मन्त्रिमण्डललाई पूर्णता दिनेगरी दलहरुबिच सहमति भएको छ । गठबन्धन दलबीच कंग्रेसले ७, माओवादी केन्द्रले ६, जसपा र एकीकृत समाजवादीले समान ४÷४ मन्त्रालय पाउने सहमति भएको थियो ।




प्रतिक्रिया