थरुहट संघर्ष समितिले रेशम चौधरीलाई छुटाउन ‘निर्णायक आन्दोलन’ गर्ने

थरुहट संघर्ष समितिले रेशम चौधरीलाई छुटाउन ‘निर्णायक आन्दोलन’ गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही – थरुहट संघर्ष समितिले रेशम चौधरीलाई छुटाउन ‘निर्णायक आन्दोलन’ गर्ने भएको छ । टिकापुर घटनामा निर्दोष ब्यक्तिलाई सरकारले फसाउन खोजिरहेको भन्दै थरुहट–थारुवान संघर्ष समितिले आन्दोलन गर्ने बताएको हो ।

थरुहट–थारुवान संघर्ष समितिका अध्यक्ष लक्ष्मण थारुले रेशम चौधरीसहित टिकापुर घटनामा पक्राउ परेका थरुहटका नेता–कार्यकर्ताको विनाशर्त रिहाईको माग गर्दै काठमाण्डुमा निर्णायक आन्दोलन गर्ने तयारी भइरहेको जानकारी दिए ।

उनले टिकापुर घटनाको सत्यतथ्य छानविन हुनुपर्ने र रेशमसहितका नेता कार्यकर्ता रिहाई हुनुपर्ने माग राखे । सरकारले घटना भएको ६ वर्षसम्म पनि घटनाको यथार्थ बाहिर नल्याएको भन्दै उनले आक्रोश व्यक्त गरे ।

उनले लाल आयोगको प्रतिबेदन सार्वजनिक गर्न समेत माग गरे । उनले भने, ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ । दोषी उम्कन हुँदैन, निर्दोस फस्नु हुँदैन, यदि यो भएन भने हामी निर्णायक आन्दोलन गर्छौं’, उनले भने ।