बागमती सरकारले बढाएको भाडा लागू गर्दैनौं : यातायात व्यवसायी

बागमती सरकारले बढाएको भाडा लागू गर्दैनौं : यातायात व्यवसायी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल यातायात व्यवसायी महासंघले बागमती सरकारले बढाएको भाडा समायोजन नगर्ने बताएको छ ।

महासंघका महासचिव सरोज सिटौलाले वैज्ञानिक भाडादर समायोजन नभएसम्म बागमती प्रदेश सरकारले बढाएको २३ प्रतिशत भाडा तत्काल लागू नगर्ने बताएका हुन् ।

बुधबार बाग्मती प्रदेश सरकारले किलोमिटरका आधारमा भाडा तिर्नुपर्ने गरी २३ प्रतिशतले भाडा बढाएको थियो । सरकारले बढाएको भाडादर अवैज्ञानिक र अव्यावहारिक भएको सिटौलाले बताए ।

यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असार २९ गतेदेखि लागु हुने गरी भाडा समायोजन गरेको थियो । तर, यो भाडादर हालसम्म लागु हुन सकेको छैन ।

वैज्ञानिक भाडादर समायोजन गर्न वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीलाई पटक–पटक भेटेर माग गरेको तर बेवास्ता गरेको महासचिव सिटौलाको भनाइ छ ।