काठमाण्डु – ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले टेलिभिजन कार्यक्रम सुरु गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भविष्यवाणी मिलेपछि चर्चामा आएका रिजालको कार्यक्रम बिहीबारबाट ग्यालेक्सी फोरके टेलिभिजन मार्फत दैनिक रुपमा प्रसारणमा आएको हो ।
ऋषिमहर्षीहरुबाट प्राप्त ज्ञानलाई वैदिक, वैचारिक र वैज्ञानिक ढङ्गबाट प्रस्तुत गरिने कार्यक्रम फलादेश ज्योतिष तथा वास्तुशास्त्र सँग सम्बन्धित धार्मिक कार्यक्रम हो । पंञ्चाङ्गका आधारमा भुत वर्तमान र समग्र भविष्यफलका बारेमा शास्त्रसंम्वत ढंगले जानकारी गराउनु उक्त कार्यक्रमको उद्देश्य रहेको रिजालले बताए ।
रिजालका अनुसार धर्म, संस्कृति, संस्कार र सभ्यता कार्यक्रमको उच्च प्राथमिकता रहने छ । गुरुकुलीय पद्धदीमा रहेर पढेका रिजाल झण्डै डेढ दशकदेखि यस क्षेत्रमा सक्रिय छन् ।




प्रतिक्रिया