श्रीराम राईले ल्याए बालकथा सङ्ग्रह ‘पोलेको मकै’ बजारमा

श्रीराम राईले ल्याए बालकथा सङ्ग्रह ‘पोलेको मकै’ बजारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बाल साहित्यका सर्जक श्रीराम राईले बालकथा संग्रह ‘पोलेको मकै’ बजारमा ल्याएका छन् ।  बालकथा सङ्ग्रह ‘पोलेको मकै’ बुक्स हिमालयले बजारमा ल्याएको हो ।

मुनाको अभियान, बलजितको जुक्ति, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल फुलून्, चरी उडुन्, पारुको पढाइ, र बुबाको एसएमएस सहित ७ कथाहरु ‘पोलेको मकै’मा समावेश गरिएका छन् । सर्जक गङ्गा कर्माचार्य पौडेलको सम्पादनमा रहेको बालकथा सङ्ग्रह ‘पोलेको मकै’को आवरण निकै आकर्षक छ ।

राजकुमार प्रजापतिको चित्र रहेको बालकथा सङ्ग्रह ‘पोलेको मकैको व्यवस्थापन हिमालय म्याप हाउस प्रालिले गरेको छ भने मूल्य ९९ सय रुपैयाँ तोकिएको छ । यस पोलेको मकैमा पहाडी भेगका विषय बस्तुलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । विद्यालय तहका सबै विद्यार्थीहरुका लागि कथा सङ्ग्रह उपयोगी हुने कथाकार राईको भनाई छ ।