काठमाण्डु – प्रदेश २ को प्रदेश सभा बैठक आज बस्दैछ । आज बस्ने प्रदेश सभाको सातौं अधिवेशनको तेस्रो बैठकमा तत्कालीन प्रदेश प्रमुख डा. राजेश झा अहिराजले दुई पटक फिर्ता पठाएको दुई विधेयक पारित गर्ने कार्य सूची रहेको छ ।
प्रदेश प्रमुख झाले सच्याउन निर्देशन दिँदै स्वास्थ्य सम्बन्धी १३ बुँदे र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ११ बुँदे सुझाबसहित फिर्ता पठाएका थिए । पहिलो पटक गत फागुन २६ गते दुबै विधेयक सुझाबसहित फिर्ता पठाएका थिए ।
तर, सुझाबलाई वेवास्ता गर्दै फेरी प्रमाणीकरणका लागि पठाएपछि पुनः गत असार ३१ गते फिर्ता पठाएका थिए । सोही विधेयक आज सम्बन्धित मन्त्रीले पारित गर्न प्रस्ताव गर्ने कार्य सूची रहेको छ । पारित भएपछि वर्तमान प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रमाणीकरण गर्नेछन् ।
यस्तै, आज बस्ने बैठकमा समिति सदस्य हेरफेर सम्बन्धि र कार्य व्यवस्था परामर्श सम्बन्धी प्रस्ताव पेश हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।




प्रतिक्रिया