काठमाण्डु – नेपाली कांग्रेसले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।
दिलेन्द्रप्रसाद बडूलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्री, उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, मिनेन्द्र रिजाललाई रक्षा, उमाकान्त चौधरीलाई खानेपानी मन्त्री बन्ने भएका हुन् ।
कांग्रेसबाट यसअघि बालकृष्ण खाँण गृह, नारायण खड्का परराष्ट्र र उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री भइसकेका छन् । कानुनमन्त्री रहेको ज्ञानेन्द्रबहादुर कार्कीलाई देउवाले सञ्चार मन्त्रालयको जिम्मेवारी दिने भएका हुन् ।
त्यस्तै बिहीबार नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा थपिन लागेका मन्त्रीहरुको जिम्मेवारी टुङ्ग्याएको छ । माओवादीले देवेन्द्र पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि, शशी श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने भएको छ ।
नेकपा (एकीकृत समाजवादी)ले पनि मन्त्रीको टुंगो लगाएको छ । रामकुमारी झाँक्रीलाई पर्यटन मन्त्रालय, विरोध खतिवडालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने टुंगोमा पुगेको समाजवादीले शहरी विकास मन्त्रालयमा प्रेम आलेलाई र श्रम मन्त्रालयमा किसान श्रेष्ठलाई पठाएको छ । भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् ।




प्रतिक्रिया