६ महिनापछि मन्त्री फिर्ता बोलाउनुपर्ने उपेन्द्रको प्रस्तावमा बाबुरामको असहमति

६ महिनापछि मन्त्री फिर्ता बोलाउनुपर्ने उपेन्द्रको प्रस्तावमा बाबुरामको असहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) मा मन्त्रीको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच विवाद भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जसपाले चार जनाको नाम पठाएको छ । तर, मन्त्रीको नाम टुंगो लगाउने बोलाइएको कार्यकारिणी समितिमा दुई नेताबीच विवाद भएको हो ।

जसपाले रेणु यादव भौतिक पूर्वाधार तथा यातायातमन्त्री, राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, रामसहाय यादव वन तथा वातावरणमन्त्री र महेन्द्र राय यादव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाएको छ । मन्त्री छनौटमा एकलौटी निर्णय गरेको भन्दै डा. भट्टराईले उपेन्द्रमाथि असन्तुष्टी पोखेका छन् ।

उपेन्द्रले अहिले सिफारिस भएकाहरुलाई ६ महिनापछि  फिर्ता बाेलाउनुपर्ने बताएका थिए । तर, उपेन्द्रको प्रस्तावमा बाबुरामले असहमति जनाएका थिए । डा. भट्टराईले ६ महिनापछि मन्त्री फिर्ता बोलाउन नहुने भन्दै उनीहरुलाई पूरा कार्यकाल काम गर्न दिनुपर्ने बताएका थिए ।

साथै उनले एक पटक पनि मन्त्री नभएका  र सक्षम व्यक्तिलाई पठाउनुपर्ने बताएपनि उपेन्द्रले उक्त निर्णय कार्यान्वयन नगरेकाे जसपाका एक नेताले जानकारी दिए । मन्त्री छनौटमा एकलौटी निर्णय गरेको भन्दै असन्तुष्ट रहेका बाबुराम ‘तपाईलाई लागेको गर्नुस्’ भनेर गोरखा हिँडेका थिए ।

साथै हिजोको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराका जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएको भन्दै विरोध भएको छ । नेताहरुले चोलेन्द्रलाई पनि भागबन्डा लगाएको भन्दै विरोध गरेका हुन् । तर, यस विषयमा उपेन्द्र यादव मौन बसेका थिए ।