काठमाण्डु – नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा एकीकृतसँग एकीकरण गरेको छ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र जीवन राई नेतृत्वको एकीकृत समाजवादीबीच आज एकीकरण भएको दुई पार्टीले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
आठबुँदे सहमति गरी दुई पार्टीबीच एकता भएको हो । एकतापछि पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) हुनेछ भने चुनाव चिन्ह कलम हुनेछ । यसअघि जीवन राई नेतृत्वको नेकपा एकीकृतले कलम चिन्ह दर्ता गराएको थियो । तर नेकपा एमालेबाट अलग भएर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले भने चुनाव चिन्ह तोकेको थिएन ।





प्रतिक्रिया