शुक्रबार ७६४ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

शुक्रबार ७६४ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

९ हजार ४ सय ६६ पीसीआर परीक्षण गर्दा ७१५ जना र १ हजार २२२ एन्टिजेन परीक्षण गर्दा ४९ गरी ३ हजार ७६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज देशभर १ हजार ३३ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १० जनाको मृत्यु भएको छ ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ८ लाख ९९७ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार २१० पुगेको छ ।