मन्त्रिपरिषद् विस्तारमा पार्टीकै महत्त्वपूर्ण साथी छुटे : प्रधानमन्त्री देउवा

मन्त्रिपरिषद् विस्तारमा पार्टीकै महत्त्वपूर्ण साथी छुटे : प्रधानमन्त्री देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाण्डु –  नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा महत्वपूर्ण साथीहरू छुटेकाे बताएका छन् ।

शनिबार बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वर कोइराला शताब्दी सन्दर्भ’ पुस्तक विमोचनका क्रममा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारमा पार्टी भित्रका महत्त्वपूर्ण नेतालाई समेट्न नसकिएको भन्दै दुःख लागेको बताएका हुन् ।

शुक्रबार मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिएका प्रधानमन्त्री देउवाले विस्तारित मन्त्रिपरिषद्मा महत्वपूर्ण नेतालाई समेट्न नसक्नु आफ्नो बाध्यता भएको बताए ।

गठबन्धनका कारण पार्टीभित्रका महत्वपूर्ण नेताहरूलाई पनि अवसर दिन नसकेको उनको भनाइ छ । त्यसैगरी देउवाले आफ्नो पार्टीका अहिले छुटेका नेताहरूलाई उचित भूमिका दिनेसमेत आश्वासन दिए ।