प्रधानन्यायाधीशका जेठान कांग्रेसकै कोटाबाट मन्त्री भएका हुन्, हो-हल्ला गर्नु आवश्यक छैन : प्रचण्ड

प्रधानन्यायाधीशका जेठान कांग्रेसकै कोटाबाट मन्त्री भएका हुन्, हो-हल्ला गर्नु आवश्यक छैन : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमाल कांग्रेसकै कोटाबाट मन्त्री बनेको बताएका छन् ।

शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरागर्दै प्रचण्डले हमाल कांग्रेसकै कोटाबाट मन्त्री बनेको बताएका हुन् । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका जेठान गजेन्द्र हमाल नियुक्त गरेका छन् ।

 देउवाले कांग्रेस प्रजातान्त्रिक बनाउँदा हमाल नेपाली कांग्रेस बाँकेको सभापति थिए । त्यसपछि हमाल सक्रिय राजनीतिमा छैनन् । न्यायालयले भागबण्डा खोजेको हो ? भन्ने प्रश्नमा प्रचण्डले भने, ‘उहाँ कांग्रेसको पहिलाको अध्यक्ष नै हुनुहुन्थ्यो । नेपाली कांग्रेसकै कोटाबाट मन्त्री हुनुभाछ । होहल्ला गर्नु आवश्यक नै छैन । अनावश्यक हल्ला गर्नुमा केही तुक छैन ।’

सांसद बाहेकका व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था संविधानमै भएको भन्दै उनले यसभन्दा अघिपनि धेरै पटक गैर सांसद मन्त्री बनेको बताए ।