सुदूरपश्चिमका मुख्यमन्त्री फेर्न कांग्रेस नेताहरूको आग्रह

सुदूरपश्चिमका मुख्यमन्त्री फेर्न कांग्रेस नेताहरूको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेताहरूले सुदूरपश्चिम प्रदेशमा कांग्रेसले नेतृत्व लिनुपर्ने बताएका छन् । नेपाली कांग्रेसले प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबी छाडेपछि सुदूरपश्चिमका काँग्रेस नेताहरू असन्तुष्ट देखिएका छन् ।

उनीहरूले आज बिहानै प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार बनाउने गरी भूमिका खेल्न आग्रह गरेका हुन् । हाल सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादीबाट त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । उनलाई एकीकृत समाजवादीको समर्थन छ ।

यसअघि विश्वासको मत लिँदा भट्टलाई नेपाली कांग्रेसले मतदान नगरी तटस्थ बसेको थियो । हाल ५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादीका १३ र कांग्रेसका १२ सांसद छन् । प्रतिपक्षी एमालेसँग

१० सांसद छन् भने साना दलका २ सांसद छन् । यसअघि विश्वासको मत लिँदा मुख्यमन्त्री भट्टले ३० मत पाएका थिए । सुदूरपश्चिम प्रदेशबाट काँग्रेस संसदीय दलका नेता रणबहादुर रावलको टोली मुख्यमन्त्री फेर्न माग गर्दै बालुवाटार आइपुगेको हो  ।