थाहा पाउनुहोस् अदुवा खाँदा पुग्ने यी पाँच फाइदाहरू 

थाहा पाउनुहोस् अदुवा खाँदा पुग्ने यी पाँच फाइदाहरू 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अदुवा  प्राय सबै नेपालीहरूको भान्सामा सहजै उपलब्ध हुने  मसलाजन्य परिकार हो । यो जति स्वादिलो छ उत्तिकै गुणकारी तथा लाभदायी पनि हुन्छ ।

अदुवामा ब्याक्टेरिया तथा भाइरससँग लड्ने अद्भूत क्षमता हुन्छ । त्यसैले यसको नियमित सेवन गर्दा घाँटीको संक्रमण हुनबाट हामी बच्न सक्छौँ । 

अदुवा खाँदा यी फाइदाहरु हुन्छन् :

खोकी कम लाग्छ : अदुवाले शरीरलाई बलियो बनाउनुका साथै हामीलाई लाग्ने खोकीबाट पनि छुट्कारा दिन्छ । सासप्रश्वासलाई राम्रो बनाउन पनि यसले सहयोग गर्छ ।

रक्तप्रवाहलाई सन्तुलित बनाउँछ : यसले रक्तप्रवाहलाई सन्तुलित बनाउन सहयोग गर्दछ । अदुवामा क्रोमियम, म्याग्नेसियम तथा जिंक लवण पाइन्छ जसले रक्तप्रवाहलाई नियमित र सन्तुलित बनाउँछ

दुखाइ कम गर्छ: अदुवाले हाम्रो रक्तसञ्चारलाई सुधार गर्ने भएकाले नियमित रूपमा अदुवा खाँदा हामीलाई दुखाइ कम महसुस हुन्छ । त्यसैले बढ्दो उमेरमा अदुवा खानु अझ राम्रो हुन्छ ।

महिलालाई महिनाबारी हुँदा पेट दुःख्ने समस्याबाट मुक्ति पाउन पनि अदुवाले औषधीको काम गर्छ । रजस्वला हुँदाको पहिलो तीन दिन पेट दुखाइको पीडाबाट बच्न हरेक दिन १ ग्राम अदुवाको धुलो सेवन गर्दा पेट दुख्ने समस्या हट्छ ।

क्यान्सरको उपचारमा समेत प्रभावकारी : अदुवामा क्यान्सरबाट जोगाउने महत्वपूर्ण पदार्थ रहेको हुन्छ । अदुवालाई प्रशोधन गरी बनाएको पदार्थ विभिन्न प्रकारका क्यान्सरको उपचारका लागि उपयोगी हुन्छ ।

पाचन प्रणालीलाई बलियो बनाउँछ : तपाईँलाई भोक लागेको छैन, यदि तपाईँलाई खानामा रूची छैन भने दैनिक एक गिलास ताजा अदुवाको जुस खाली पेटमा खानुहोस्, तपाईँको भोक नलाग्ने समस्या हट्छ । यसले पाचन प्रणालीलाई बलियो बनाउँछ ।