मोतिपुर औद्योगिक क्षेत्र अतिक्रमण रोक्न एमाले उपमहासचिव पौडेलको आग्रह

मोतिपुर औद्योगिक क्षेत्र अतिक्रमण रोक्न एमाले उपमहासचिव पौडेलको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा भैरहेको अतिक्रमण रोक्न सरकारसँग आग्रह गरेका छन् ।

औद्योगिक क्षेत्रका लागि छुट्टयाइएको जग्गा अतिक्रमण भइरहँदा सरकार मुकदर्शक बनेर बसेको उल्लेख गर्दै उनले तत्काल अतिक्रमण रोकेर निर्माणको काम अघि बढाउन सरकारसँग माग गरेका हुन् ।

शनिबार रुपन्देही उद्योग संघको ४३औं वार्षिक साधारणसभा तथा २२औं अधिवेशनको उदघाटन गर्दै उनले उद्योग कलकारखाना विकास गरी आर्थिक समृद्धि हासिल गर्न मोतिपुर औद्योगिक करिडोरको कामलाई अघि बढाउन आग्रह गरेका छन् ।

त्यसैगरी निजी क्षेत्रको मनोबल घट्दा आर्थिक विकासमा असर पुग्ने भएकाले सरकारले निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नुपर्नेमा पौडेलले जोड दिएका छन् ।

आफू अर्थमन्त्री हुँदा ल्याइएको बजेटले निजी क्षेत्रलाई सम्बोधन गरेको उल्लेख गर्दै उनले त्यस समयमा ल्याइएको नीतिलाई वर्तमान सरकारले कार्यान्वयन नगरेर मौन बसेको आरोप लगाए । वर्तमान सरकारले आफूले ल्याएको नीतिलाई विरोध गर्न पनि नसक्ने र कार्यान्वयन गर्ने तत्परता पनि देखाउन नसकेको उनले उल्लेख गरे ।