अमेरिका जान लागेका नेपालीसहित १२६ आप्रवासी ग्वाटेमालामा पक्राउ

अमेरिका जान लागेका नेपालीसहित १२६ आप्रवासी ग्वाटेमालामा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – एउटा कन्टेनरभित्र अलपत्र अवस्थामा छोडिएका नेपालसहित विभिन्न देशका १२६ आप्रवासीलाई ग्वाटेमाला प्रहरीले उद्दार गरेको छ ।

कन्टेनरभित्र ठूलो स्वरमा रोएको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । अमेरिका लैजाने भनेर ठूलो रकम असुलेर मानव तस्करको एउटा समूहले उनीहरूलाई अलपत्र छोडिदिएको हुन सक्ने ग्वाटेमाला प्रहरीले अनुमान गरेको छ ।

उद्दार गरिएकामध्ये १०० जना संकटग्रस्त हेइटीका नागरिक भएको बुझिएका छ । बाँकी नेपाल, घाना र अन्य देशका नागरिक छन् ।