काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदिश खरेलले दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गर्न आग्रह गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै खरेलले दैवी प्रकोप उद्धार कोष हटाएर प्राकृतिक प्रकोप राख्न आग्रह गरेका हुन् ।
‘पछिल्लो विपद्को कारण २७ को मृत्यु भएको छ, ४ जना अझै हराइरहेका छन्, र अरबौको सम्पत्ती नष्ट भएको छ । हामिले पटक–पटक भनेका छौ विपद्हरु दैवी प्रकोप होइन, विपद् प्राकृति र मानव सृजित हुन्छ। मैले प्रधानमन्त्रीलाई भनेको थिए प्रधानमन्त्री दैवी प्रकोप होइन, प्रधानमन्त्री विपद् कोष भनेर त्यसको नाम परिर्वन गरियोस । म त्यसको जवाफको पर्खाइमा छु ।’ उनले भने ।
उनले विपद् जोखिम न्यूनीकरण प्राधिकरणलाई अधिकार सम्पन्न प्राधिकरण बनाउन पनि माग गरे।




प्रतिक्रिया