बुटवल – रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप भएपछि स्थिति तनावग्रस्त बनेको छ । तनावग्रस्त स्थिति सामान्य बनाउनको लागि स्थानीय प्रशासनले उक्त क्षेत्रमा कफ्र्यू लगाएको हो ।
स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर पाँच जना घाइते भएका छन् । प्रहरीले गोली चलाएपछि स्थानहरू झन आक्रोशित बनेका थिए ।
आइतबार ४ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि पूर्वमा तिनाउ नदीदेखि दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको भागसम्म कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा उल्लेख छ ।





प्रतिक्रिया