नेपालगन्जबाट मुगु जाँदै गरेको बस दुर्घटना : २२ जनाको मृत्यु

नेपालगन्जबाट मुगु जाँदै गरेको बस दुर्घटना : २२ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  मुगुको पिनामा  यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ  भने १८ जना घाइते भएका छन् ।

 नेपालगञ्जबाट मुगुका लागि छुटेको  भे १ ख १६७ नम्बरको बस मुगुको छायाँनाथ रारा नगरपालिका–७ पिनामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । घटनाको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको उद्धारकालागि हेलीकप्टर बोलाइएको छ भने अस्पतालहरुलाई समेत तयारी अवस्थामा रहन खवर पठाइएको प्रहरीले जनाएको छ ।