पिङ हाल्ने क्रममा लडेर एक जनाको मृत्यु

पिङ हाल्ने क्रममा लडेर एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मकवानपुरमा दसैंको पिङ बनाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।

सोमबार साँझ मकवानपुरको भीमफेदी गाउँपालिका–६ माण्डुमा दसैंका लागि लिङ्गे पिङ हाल्ने क्रममा लडेर ५३ वर्षीय प्रेम लामाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार लामा पिङको लठ्ठा बाँध्ने क्रममा खसेका थिए। लडेर घाइते भएका लामालाई तत्काल उद्धार गरी अस्पताल लगिएकोमा उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जनाइएको छ।