काठमाण्डु – काठमाण्डुको हनुमानढोकास्थित दशैं घरमा फूलपाती भित्राइएको छ । आज बिहान गोरखाको गोरखा दरबारबाट निकालिएको फूलपाती काठमाण्डु ल्याएर हनुमानढोकास्थित दशैँघरमा भित्राइएको हो ।
बिहान ८ बजेर २५ मिनेटको साइतमा निकालिएको फूलपाती बा २ झ २१२९ नम्बरको सरकारी गाडीमा राखेर काठमाण्डु ल्याइएको थियो । उक्त फूलपाती बाजागाजा सहित हर्ष बढाइँका साथ भित्राइएको छ ।
हेर्नुहोस् तस्बिरमा











प्रतिक्रिया