काठमाण्डु – मुगुमा भएको बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ । नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी ३२ जना यात्रुको मृत्यु भएको थियो । अहिले सबै मृतकको सनाखत भएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । बसमा ४६ जना थिए । ब्रेक फेल भएर बस दुर्घटना भएको अनुमान गरिए पनि पुष्टि भएको छैन । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया