दशैँ मनाउन गाउँ फर्किएकाहरु काठमाण्डु भित्रिन थाले

दशैँ मनाउन गाउँ फर्किएकाहरु काठमाण्डु भित्रिन थाले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बडा दशैँ मनाउन गाउँ फर्किएकाहरु काठमाण्डु उपत्यका आउन थालेका छन् । काठमाण्डु भित्रिने मुख्य नागढुंगामा कोरोना महामारी र सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले चेकिङमा कडाइ गरेको छ ।

प्रहरीले नागढुंगाबाट काठमाण्डु प्रवेश गर्ने प्रत्येक सवारी साधनमा यात्रुले मास्क लगाएको नलगाएको साथै गाडीभित्र सामाजिक दूरी कायम भएको नभएको लगायत हेर्ने गरेको छ । आम सर्वसाधारणहरु दशैँ मनाउन काठमाण्डुबाट गाउँ फर्किएसँगै महाष्टमीदेखि सुनसान रहेको काठमाण्डुमा पुनः चहलपहल बढेको छ ।