काठमाण्डु – शेयर बजार दशैँ बिदापछि खुलेको पहिलो दिन उकालो लागेको छ । आज नेप्से १७.५९ अङ्कले उकालो लागेर २६५६.९६ विन्दुमा कायम भएको छ ।
आज बैंकिङ समूहको शेयर ६ अङ्कले, विकास बैंकको साढे ६५ अङ्कले, व्यापारको ४२, होटलको एक सय पाँच, जलविद्युतको १६, फाइनान्सको १४ र माइक्रोफाइनान्स समूहको शेयर १७ अङ्कले उकालो लागेको छ ।
आज दुई सय १८ कम्पनीका ४७ लाख ६० हजार कित्ता शेयर एक अर्ब ४९ करोडमा कारोबार भएका छन् ।




प्रतिक्रिया