तेह्रथुम– तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा श्रीमान र श्रीमतीबीच विवादपछि कुटाकुट हुँदा श्रीमानको मृत्यृ भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन् ।
छथर गाउँपालिका ३ पञ्चकन्या ज्यामिरेमा आइतबार साँझ घरायसी विवादपछि श्रीमतीको लौरो प्रहरबाट ५४ वर्षीय गोविन्द लिम्बूको मृत्यृ भएको इलाका प्रहरी चौकी वसन्तपुरका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए । हात हालाहालमा श्रीमती ५२ वर्षीया भक्तकुमारी लिम्बु गम्भीर घाइते भएकी छन् ।
घटना स्थलमा पुग्दा दुबैको अवस्था गम्भीर देखिएको र गोविन्दको उपचारका क्रममा छथर उस्पतालमा मृत्यृ भएको शुक्रबारे प्रहरीले जनाएको छ । कुटाइबाट गम्भीर भएकी भक्तकुमारीको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।




प्रतिक्रिया