तालिवानको प्रतिबन्धले अध्यारोतर्फ धकेलिदै अफगान किशोरी

तालिवानको प्रतिबन्धले अध्यारोतर्फ धकेलिदै अफगान किशोरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गत १५ अगस्टमा अफगानिस्तानको सत्ता कब्जा गरेको तालिवानले देशमा एकपछि अर्को प्रतिबन्ध लगाएको छ । तालिवानले गरेको प्रतिबन्धले अफगानका किशोरीहरु अध्यारोतर्फ धकेलिदै छन् । गत मे महिनामा अतिवादी समूह आईएसले एउटा विद्यालयमा बिस्फोट गराउँदा अफगान किशोरी अमिनाका दर्जनौं सहपाठीको मृत्यु भएको थियो । तर, पनि उनले हिम्मत हारिनन् ।

बरु अध्ययनलाई निरन्तरता दिने जमर्को गरिन् । तर, अहिलेको अवस्था झन् फरक छ । एक महिनाअघि तालिवानले छात्राहरुलाई अर्को व्यवस्था नभएसम्म विद्यालय नजान निर्देशन दिएपछि उनी थप चिन्तित छन् । आफ्नो अध्ययनमै पूर्णबिराम लाग्ने हो कि भन्ने पिरले उनलाई सताइरहेको छ ।

‘म विद्यालय गएर पढ्न चाहन्छु, साथीहरुसँग रमाइलो गर्न मन छ । तर, तालिवानले पढ्न रोक लगाएका छन् ’, उनी गुनासो गर्छिन । तालिवानले सत्ता सम्हालेदेखि उनी निकै दुःखी छन् । पढेर भविष्यमा पत्रकार बन्ने उनको लक्ष्य छ, तर अफगानिस्तानमा आफ्नो भविष्य देखेकी छैनन् । १८ सेप्टेम्बरमा तालिवानले पुरुष शिक्षक र १३ वर्षमाथिका छात्रलाई माध्यामिक विद्यालयमा पठाइदिएको थियो । तर, शिक्षिका र छात्राबारे केही निर्णय भएको छैन ।

जसका कारण उनीजस्ता हजारौं बालिका घरमै बस्न बाध्य छन् । दुई साताअघि तालिवानले उमेर पुगेका छात्रा माध्यामिक विद्यालयमा फर्किन सक्ने निर्णय गरे । तर, उनीहरुमाथि कडा शर्त र बन्देज लगाइयो । तालिवानको आदेशपछि कुन्दुजलगायतका केही प्रान्तमा छात्राहरु माध्यामिक विद्यालय जान थालेका छन् तर उनीहरुलाई यसअघि झै पुरुषसँग बस्न दिइएको छैन । उनीहरुलाई छुट्टै पोसाक लगाउन बाध्य पारिएको छ ।