वर्षा र बाढीबाट भारतको केरलामा २६ को मृत्यु, कैयौँ बेपत्ता

वर्षा र बाढीबाट भारतको केरलामा २६ को मृत्यु, कैयौँ बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतको दक्षिणी राज्य केरलामा शुक्रबारदेखि निरन्तर रुपमा भएको बर्षा र यसका कारण आएको बाढीमा परी कम्तीमा पनि २६ जनाको ज्यान गएको बताइएको छ ।

बाढीको कारण ज्यान गुमाएका यी व्यक्तिहरुमा पाँच बालबालिका रहेका जनाइएको छ । साथै यस बाढीमा परेर अरु एक दर्जनभन्दा बढी मानिस हराइरहेका छन् । बाढीका कारण यहाँको बाटो र बिजुली पनि अवरुद्ध भएको छ । यस कारण यहाँको उद्धारको काम गर्न निकै कठिन भएको बताइएको छ ।

हराइरहेका केही व्यक्तिको शव आइतबार साँझ भेटिएको थियो । केरला राज्यका अधिकारीहरुले आइतबार साँझसम्म यहाँ मृत्यु हुनेको संख्या २६ पुगेको बताएका छन् । यहाँका सरकारी अधिकारीहरुले यस राज्यका दुई जिल्ला इदुकी र कोट्याम जिल्लामा बाढी र पहिरोको प्रकोप देखा परेको प्रहरीले जनाएको छ ।

सोमबार बिहानसम्म पनि यहाँ बर्षा जारी रहेको छ । बाढीका कारण कतिपय स्थानीय सडकहरु पनि अवरुद्ध भएका छन् ।मौसम विज्ञान विभागका अधिकारीहरुले सोमबार पनि बर्षा कायमै रहने बताएका छन् ।बर्षाका कारण अहिले पनि कतिपय स्थानको आवागमन बन्द रहेको बताइएको छ । यसकारण उद्धारको काममा पनि कठिनाई भएको उनीहरुले बताएका छन् । सिन्ह्वा