सेती र बाउलीगाडमा पानीको बहाव बढ्यो,सदरमुकाम चैनपुर उच्च जोखिममा

सेती र बाउलीगाडमा पानीको बहाव बढ्यो,सदरमुकाम चैनपुर उच्च जोखिममा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उत्तम कुमार थापा \बझाङ – लगातारकाे बर्षाका कारण सेती नदी र बाउलीगाड खाेलामा पानीको बहाव एकाएक बढेपछि आसपासका बस्तीमा खतरा बढेकोछ । बाउलीगाड खाेला नजिक रहेकाे न्यू बसपार्क नजिकै राखेका करिव ४ सय बढी बुङ्गर समेत बगाएको छ, भने ढुङ्ग्री पनि उच्च जाेखिममा रहेकाे छ ।  जिल्लामा नेपाल टेलिकमकाे नेटवर्क समेत अवरूद्ध  भएकाे छ ।

वर्षाकै कारण यहाँका विभिन्न ठाउँमा पहिरो गएको छ भने एक दजर्नभन्दा बढी ग्रामीण सडक अवरुद्ध भएका छन् । बर्सात सुरु भएसँगै जिल्लाको ग्रामीण भेगका अधिकांश सडक अहिले सवारी साधन गुड्न नसक्ने अवस्थाका भएका छन् ।

उता बझाङको माेरी बजार, भाडे बजार समेत बगाएकाे छ ।यस्तै नारुगौडामा बाटो बन्द भएको छ ।पानी नरोकिएसम्म बाटो खुल्न सक्ने कुनै उपाए छैन्, सबैलाई सजक रहन र यस्तो मौषममा यात्रा नगर्न डिएसपी रुपक खड्काले सबैलाई आग्रह गरेका छन् ।

सेती नदी र बहुलीगाड खोलामा पानीको बहाव बढेपछि बझाङ सदरमुकाम चैनपुर उच्च जोखिममा रहेकाे छ । जोखिम बढेसँगै स्थानीय कुन बेला सदरमुकाम बगाउने हो भन्ने त्रासमा छन् ।