डडेल्धुरामा पहिरोले पुरेर एकको मृत्यु, २ जना घाइते 

डडेल्धुरामा पहिरोले पुरेर एकको मृत्यु, २ जना घाइते 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लगातार परेको बर्षासँगै आएको पहिरोमा पुरिएर डडेल्धुरामा एक जनाको मृत्यु भएको छ ।

घरमाथिबाट आएको पहिरोमा पुरिएर गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको हो ।  स्रोतका अनुसार अहिलेसम्म एक जनाको मृत्यु भएको मात्रै जानकारी पाइएको छ ।

त्यस्तै अमरगढी नगरपालिका–१ मा गएको पहिरोमा परी २ जना घाइते भएका छन् । भारी वर्षाका कारण सुदूरपश्चिमका डोटी डडेलधुरा र कञ्चनपुर बढी प्रभावित भएका छन् ।