सेती नदिको टापुमा ६० जना फसे,हेलिकोप्टरबाट उद्धार गरिँदै

सेती नदिको टापुमा ६० जना फसे,हेलिकोप्टरबाट उद्धार गरिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लगातार परेको भारी वर्षासँगै सेती नदीमा आएको बाढीमा परी ६० जना फसेका छन् । बैतडीको सिगास गाउँपालिका- ५ ढुंगाडमा १० परिवारका ६० जना सेतीले घेरिएको टापुमा फसेका हुन् ।

सोमबार राति पानी परेसँगै बाढी आएपछि सेती नदी छेउकै बस्तीका मानिस अन्यत्र सरेका थिए । तर, केहि मानिस नसर्दा अहिले फसेको प्रहरीले जनाएको छ ।

बाढीले डोटी र बैतडी जोड्ने पुल समेत भत्काएको छ । सिगासमा बाढीले मच्चाएको बितण्डाबारे सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएपछि उद्धारका लागि हेलिकोप्टर सिगास आउन लागेको छ ।

सिगास–५ मै एक सय ५० बिगाहा भन्दा बढी खेत नदीको डुबानमा परेको छ । पाक्नै लागेको धान, कोदो तथा बदाम खेती बगरमा परिणत भएको छ। साथै, सिगास-६ को लेकममा बाढीले ५० बिगाहाभन्दा बढी जमीन डुबान भएको छ ।