काठमाण्डु – शेयर बजार परिसूचक नेप्से मंगलबार ओरालो लागेको छ ।
आज नेप्से ७७.३३ अङ्कले ओरालो लागेर २५१०.७३ विन्दुमा कायम भएको छ । आज सबै समूहको शेयर घटेकोमा जलविद्युत्, विकास बैंक, बीमा, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज दुई सय २१ कम्पनीको शेयर कारोबार भएकोमा दुई सय ११ वटा कम्पनीको शेयर ओरालो लागेको छ । आज ९५ लाख ७२ हजार कित्ता शेयर तीन अर्ब ७७ करोडमा कारोबार भएका छन् ।




प्रतिक्रिया