काठमाण्डु – सोमबारदेखिको अविरल वर्षाले विराटनगर विमानस्थलको सेवा अवरुद्ध भएको छ। विमानस्थलको पश्चिम भएर बग्ने केसलीया खोलामा आएको बाढी विमानस्थलभित्र पस्दा सेवा अवरुद्ध भएको विमानस्थल प्रशासनले जनाएको छ।
विमानस्थलको सेवा अवरुद्ध भएपछि उडान पनि प्रभावित भएको छ। वर्षाका कारण विराटनगर विमानस्थल अवरुद्ध भएकाले आफूहरुको विराटनगर उडान आज प्रभावित हुने बुद्ध एयरले जनाएको छ। रनवे र ट्याक्सी वेमा समेत पानी जलमग्न भएको छ ।




प्रतिक्रिया