हुम्लामा घर भासिँदा एकै परिवारका ६ जनाको मृत्यु

हुम्लामा घर भासिँदा एकै परिवारका ६ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – हुम्लामा अबिरल वर्षपछि पहिरो खसेर घर भासिँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ खर्पेगाउँमा एकै परिवारका ६ जना पुरिएका हुन् ।

खर्पेगाउस्थित बिचदउडामा रहेको धनविरे शाहीको घरमा पहिरो खस्दा घरमा रहेका धनबिरे शाहीसहित उनका परिवारका ६ जना पुरिएका हुन् । मृत्यु हुनेमा धनवीरेसहित उनका छोरा ५५ वर्षीय कलबहादुर शाही, कलबहादुरकी श्रीमती ४० वर्षीया आशा शाही तथा कलबहादुरका छोराहरू १३ वर्षीय अजेन्द्र, पाँच वर्षीय भुमेश र तीन वर्षीय जसबहादुर छन् ।

हुम्लाका प्रमुख डिएसपी हेरम्ब शर्माले पहिरोमा पुरिएका ६ जनाको शव निकालिएको जानकारी दिए ।