काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले लगातार परेको भारी वर्षाका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत र क्षतिपूर्ति दिन आग्रह गरेकी छन् ।
बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयले नष्ट भएको धानबाली र विभिन्न भौतिक पूर्वाधारको राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा समन्वय गर्न आग्रह गरेकी हुन् ।
त्यसैगरी राष्ट्रपति भण्डारीले सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था र समुदायलाई आवश्यक समन्वय र सहकार्यसहित पीडितहरुको उद्धार तथा राहत कार्यमा संलग्न हुन आग्रह गरेकी छिन् ।





प्रतिक्रिया