कैलाली – प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी पारित हुने दावी गरेका छन्। बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणका क्रममा सुदूरपश्चिम पुगेका देउवाले धनगढीमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा एमसीसी पास हुने बताएका हुन ।
उनले एमसिसीको बारेमा झुठा प्रचार भइरहेको भन्दै आपत्ती समेत जनाए । ‘एमसिसी पास हुन्छ,यो अनुदान हो,ऋण होइन। यसबारेमा झुठा प्रचार भइरहेको छ । ’ उनले पत्रकार सम्मेलनमा भने ।
नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले एमसिसी नेपालको कानुनभन्दा माथि नरहेको दावी गरे । उनले एमसिसी नेपालकै कानुनअनुसार अघि बढ्ने भन्दै यति ठूलो अनुदान चाहिएन भन्नु हद भएको भन्दै असन्तुष्टि समेत पोखे ।




प्रतिक्रिया