प्रदेश १ : आज विश्वासको मत लिँदै मुख्यमन्त्री आचार्य

प्रदेश १ : आज विश्वासको मत लिँदै मुख्यमन्त्री आचार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिने भएका छन् । गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका थिए ।

सो विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आज दिउँसो १२ बजे बस्ने प्रदेशसभा बैठकमा छलफल र मतविभाजन हुने भएको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

नेकपा एमालेबाट मुख्यमन्त्री बनेका आचार्यले एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी निर्माण भएसँगै प्रदेशसभामा बहुमत गुमाएका छन् । आचार्यले मुख्यमन्त्री नियुक्त भएको ५९ दिनपछि आज विश्वासको मत लिन लागेका हुन् ।

एमाले विभाजनपछि अल्पमतमा रहेका आचार्यले प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना छैन । ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । तर एमालेसँग ४१ प्रदेशसभा सदस्य छन् ।

प्रदेशसभामा विपक्षी गठबन्धनको पक्षमा ५० जना सांसद देखिएका छन् । गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने सहमति भएको भनिए पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत मुख्यमन्त्रीमा दाबी गरिरहेको छ ।

सोही कारण कांग्रेस र एकीकृत समाजवादीले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्न सक्ने सम्भावना रहेको कांग्रेस निकट स्रोते बतायो ।