एयरपोर्टमा एमाले अध्यक्ष ओली र सिटौलाको जम्काभेट

एयरपोर्टमा एमाले अध्यक्ष ओली र सिटौलाको जम्काभेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसबारे जानकारी लिएका छन् ।

झापा जाने क्रममा एमाले अध्यक्ष ओली र कांग्रेस नेता कृष्ण सिटौलाबीच आइतवार बिहान त्रिभुवन विमानस्थलको अतिविशिष्ठ कक्षामा जम्काभेट भएको थियो ।

सो क्रममा ओलीले सिटौलालाई कांग्रेसको खबर के छ ? भनेर सोधेका थिए । दुई नेताबीच एमालेको वडा अधिवेशनलगायत विषयमा कुराकानी भएको पत्रकार चेतन अधिकारीले बताए ।

झापा जाने क्रममा नेता सिटौला ओलीभन्दा पहिले विमानस्थल पुगेका थिए । ओलीसहित नेताहरु सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट र प्रभु साह झापा पुगेका छन् । उनी तीन दिनसम्म विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।