प्रधानन्यायाधीश जबराले बोलाए ‘फुल कोर्ट’

प्रधानन्यायाधीश जबराले बोलाए ‘फुल कोर्ट’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘फुल कोर्ट’ बोलाएका छन् । आइतबार नेपाल बार एसानेसियसनका पदाधिकारीहरुसँगको वार्तापछि प्रधानन्यायाधीश जबराले सोमबारका लागि ‘फुल कोर्ट’ बोलाएका हुन् ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितको टोलीसँगको भेटपछि उनले ‘फुल कोर्ट’ बोलाएका हुन् । सोमबारको ‘फुल कोर्ट’मा शेरबहादुर देउवा नेतृत्वको सरकारसँग मन्त्रीको भाग मागेकोलगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रधानन्यायाधीशले मिडियामा आएका विभिन्न शंका, उपशंका, चर्चा परिचर्चा, टिप्पणी सबै विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको र यो विषय फुलकोर्टमा राख्ने जानकारी गराएको बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

 ‘हामीसँगको छलफलपछि प्रधानन्यायाधीशज्यूले सोमबार दिउँसो साढे १ बनजे फुलकोर्ट बैठक बोलाउन राजी भएका छन् । फुलकोर्टमा नेपाल बार पनि सहभागी हुन्छ,’ पौडेलले भने, ‘निष्पक्ष न्यायपालिकाको अवधारणाभन्दा बाहिर गएको छैन । जान्नँ पनि । आफूविरुद्ध उठेका सबै प्रश्न र शंका उपशंकाबारे सम्बोधन गर्छु भन्नु भएको छ ।’

मंगलबारदेखि नमुना गोलाप्रथाको प्रयोग सुरु हुने भएको छ । यसअघि सर्वोच्चले मुद्दाको पेसी तोक्दा गोलाप्रथाबाट तोक्ने निर्णय गरेको थियो ।