आबुधावी डाइलगमा सहभागी हुन मन्त्री श्रेष्ठ यूएई प्रस्थान

आबुधावी डाइलगमा सहभागी हुन मन्त्री श्रेष्ठ यूएई प्रस्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ यूएई प्रस्थान गरेका छन् । अक्टोबर २५ तारिखदेखि यूएईको राजधानी आबुधावीमा हुने मन्त्रीस्तरीय बैठकमा सहभागी हुन मन्त्री श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको हो ।

टोलीमा श्रम सचिव सूर्यप्रसाद गौतम पनि सहभागी छन् । नेपाली कामदारको पारिश्रमिकमाथि भइरहेको विभेद, तलब र सामाजिक सुरक्षा जस्ता महत्वपूर्ण विषयमा बैठकमा राख्ने मन्त्री श्रेष्ठले जानकारी दिए । बैठकमा श्रमिक आपूर्ति गर्दै आएका तथा रोजगारी दिने १२ मुलुकका श्रम मन्त्रीहरू सहभागी हुनेछन् ।

बैठकमा कोलेम्वो प्रोसेस, युरोपियन युनियन, गल्फ हेल्थ काउन्सिल ,माईग्रेसन फोरम एशिया लगायतका संघ संस्थाका प्रतिनिधि र पर्यवेक्षक पनि सहभागी हुनेछन् । आबुधावी डाइलगमा विदेशी श्रमिक आपूर्ति गर्दै आएका देशहरूको सहभागिता छ । डाइलग स्थापना सन् २००८ मा भएको थियो ।

अष्ट्रेलिया, मलेसिया, स्विट्जरल्यान्ड, बहराइन, कतार, युनाइटेड अरब इमिरेट्स (यूएई), इटाली, दक्षिण कोरिया, बेलायत, अमेरिका, साउदी अरब र कुवेत गरी १२ देश आबुधवी डाइलगका सदस्य राष्ट्र छन् ।