काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय पूर्वराजदूत रञ्जित रेको पुस्तकको प्रशंशा गरेका छन् ।
सोमबार रेको नयाँ पुस्तक ‘काठमाडौं डिलेमाः रिसेटिङ इन्डिया–नेपाल टाइटज’माथि बहस गर्दै प्रचण्डले पुस्तकले माओवादीबारेको भ्रम तोड्न सहयोग गर्ने बताए।
‘माओवादीहरु भारतले उत्पादन गरेको हो भन्ने भ्रम फैलाउन एउटा तत्काले निकै कोसिस गरेको थियो,’ उनले भने, ‘तर, रन्जित रेले त्यसमा प्रष्ट रुपमा त्यो होइन भन्नु भएको छ । अब त्यो भ्रम तोडिन्छ ।’
अध्यक्ष प्रचण्डले भारतले माअोवादीलाई सिध्याउने रणनीति लिएको भन्दै रेको पुस्तकले वास्तविकता ओकलेको बताए ।
‘भारत अन्तिमसम्म पनि माअोवादीलाई दबाएर सिध्याउनुपर्छ भन्ने चाहान्थ्यो । आतंककारी नै ठान्थ्यो । कुनै सहयोग गर्दैन थियो । बरु भारतमा नै माओवादी नेताहरु गिरफ्तार गरिएका हुन् । र तिनलाई नेपाल डिपोर्ट गरिएको हो । शाीन्त प्रक्रियामा आउनु अगाडिसम्म भारतीय नेतृत्वमा दुई धार थिए । एउटा– माओवादीलाई ल्याउनु हुँदैन । दबाएर सिध्याउनुपर्छ भन्ने थियो । अर्को – माअोवादीलाई सेटलमेन्ट गर्नुपर्छ भन्ने थियो । त्यो कुरा रञ्जित जीले किताबमा उल्लेख गर्नुभएको छ’, उनले भने ।




प्रतिक्रिया