काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरासँगको भेटपछि सर्वोच्च अदालतका न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका छन् ।
न्यायिक नेतृत्वमा देखिएको समस्या र समाधानका विषयमा प्रधानन्यायाधीश जबरासँग न्यायाधीशहरुले छलफल गरेका थिए । उक्त भेटपछि उनीहरु सामूहिक छलफलमा जुटेका हुन् ।
प्रधानन्यायाधीश राणालाई सामूहिक रुपमा भेटेका उनीहरू भेटपछि सर्वोच्च अदालतमै अलग्लै छलफलमा जुटेका हुन् ।
मन्त्रिपरिषद् विस्तारका क्रममा भागबण्डा खोजेको विषयले प्रधान्यायाधीश राणा थप संकटमा पर्दै गएका छन् । सर्वोच्च अदालतका १९ जना न्यायाधीशमध्ये १४ जना न्यायाधीश राणाले राजीनामा दिनुपर्ने पक्षमा छन् ।
प्रधानन्यायाधीश जबरा संवैधानिक परिषदसम्बन्धी मुद्दाको सुनुवाइ रोकेको, सर्वोच्च अदालतको पेशी व्यवस्थापनमा गोला प्रथा लागू गर्न नमानेको, कार्यकारी निकायसँग लेनदेनमा सहभागी भएको लगायतका विवादमा मुछिएपछि उनीमाथि राजीनामाका लागि चौतर्फी दबाब बढ्दै गएको छ ।
सर्वोच्च अदालतका अधिकांश न्यायाधीशले उनलाई ‘मार्ग प्रशस्त’ गर्न आग्रह गर्दै आएका छन् भने नेपाल बार एसोसिएसन र सर्वोच्च बारले पनि जबरालाई ‘निकास दिन’ आग्रह गरेको छ ।
त्यस्तै चार पूर्वप्रधानन्यायाधीशहरुले पनि अवेर राति विज्ञप्ति निकालेर प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन आग्रह गरेका छन् ।प्रधानन्यायाधीश र न्यायाधीशहरुबीच जारी छलफलले कस्तो निष्कर्ष निकाल्छ भन्नेमा सर्वत्र चासो बढेको छ ।




प्रतिक्रिया